दफा
आयोगको विघटन :

१) दफा ४ को उपदफा (२) बमोजिम प्रतिवेदन पेश भएपछि वा आयोगको गठन सम्बन्धी सूचनामा तोकिएको अवधि वा दफा ४ को उपदफा (२क) बमोजिम अवधि थपिएकोमा त्यस्तो अवधि समाप्त भएपछि आयोग विघटन हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि आयोगको औचित्य नरहेको भन्ने मनासिब आधार विद्यमान भएमानेपाल सरकारले गठन गरेको आयोगको हकमा नेपाल राजपत्र र प्रदेश सरकारले गठन गरेको आयोगको हकमा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी  जुनसुकै बेला पनि आयोग विघटन गर्न सकिनेछ र त्यस्तो सूचनामा तोकिएको मिति देखि आयोग विघटन भएको मानिनेछ ।